काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदमा ११२ जना कर्मचारी माग गरेको छ। बैकले शुक्रबार सूचना प्रकाशन गर्दै शाखा अधिकृतदेखि लेखापालसम्म ११२ जना कर्मचारी आह्वान गरेको हो ।
बैंकले २ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, २ जना कम्प्युटर अधिकृत, १ जना आइटी इन्जिनियर, कानून सहायक १ जना, ६ जना कर्जा अधिकृत का लागि आवेदन खुलाएको हो ।
त्यस्तै, बैकले १६ जना व्यवसाय सहायक, एकजना कानुन सहायक, ३ जना कर्जा सहायक, १ जना ओभरसियर र ४६ जना लेखापाल गरी ११२ जना कर्मचारी आह्वान गरेको छ । आजदेखि चैत १ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
परीक्षामा सफल भई नियुक्ति हुने उम्मेदवारहरुले बैंकले तोके अनुसारको कार्य गर्नु पर्नेछ । ओभरसियर पदमा नियुक्त हुने कर्मचारीले बैंकले खटाएको जुनसुकै कार्यालयमा काम गर्नु पर्नेछ । लेखपाल पदमा नियुक्ति हुने कर्मचारीले तोकिएका जिल्लाहरुमा रहेको बैंकले खटाएको कार्यालयमा अनिवार्य रुपमा कम्तीमा पाँच वर्षसम्म कार्य गर्नु पर्नेछ । तोकिएका देहायका जिल्ला बाहेक सेवा अवधि ५ वर्ष पुरा नभई अन्य जिल्लामा सरुवा नहुने बैंकले जनाएको छ ।
लेखपाल पदमा नियुक्ति हुने कर्मचारीले इलाम, पाचथर, ताप्लेजुङ, भोजपुर, संखुवासभा, धनकुटा, तेहथुम, सोलुखुम्बु, ओखलढुंगा, रसुवा, बाग्लुङ, म्याग्दी, मनाङ, मुस्ताङ, पर्वत, अर्घाखाची, गुल्मी, स्याङजा, जाजरकोट, कालिकोट, दैलेख, सल्यान, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, प्यूठान, बैतडी, हुम्ला, डोल्पा, मुगु, जुम्ला, बझाङ, बाजुरा, अछाम, डोटी, दार्चुला, डडेलधुरामा कार्य गर्नु पर्ने बैकद्वारा जारी सूचनामा भनिएको छ ।