वर्षाले कृषि क्षेत्रमा ८१ करोड बराबरको क्षति

86
  •  
  •  
  •  

काठमाडौं । लगातारको वर्षपछि आएको बाढी, पहिरो र डुवानका कारण कृषि तथा पशुपन्छी क्षेत्रमा ८१ करोड रुपैयाँबराबरको क्षति पुगेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार वर्षाले १० हजार ६ सय ८२.५० हेक्टर क्षेत्रफलमा असर गरेको छ ।
कृषिअन्तर्गत मकै, तरकारी, केरा, धान, अलैची, चैते धान, चैते मकै, पोल्ट्री, रेन्वो ट्राउट माछा, गाई, सुँगुर, कुखुरा, बाख्रालगायतको क्षति भएको मन्त्रालयले जनाएको छ ।

यस्तै पशुपन्छीतर्फ विभिन्न जिल्लामा गरी २५ लाख ८० हजार र कृषितर्फ ८१ करोड २८ लाख ९२ हजार रुपैयाँ बराबरको क्षति भएको विवरण प्राप्त भएको छ ।

प्रदेश नम्बर १ मा सवैभन्दा बढी डुवान र बाढीले कृषि तथा पशुपन्छीका क्षेत्रमा क्षति पुगेको छ ।


  •  
  •  
  •