अनमोल केसी अभिनित ‘कृ’ फिल्मका निर्माता गिरी पक्राउ

526
  •  
  •  
  •  

‘कृ’ फिल्मका निर्माता गिरी पक्राउ

काठमाडाैँ, १३ चैत : ‘कृ’ फिल्मका निर्माता सुवास गिरी पक्राउ परेका छन। गीत चोरीको आरोपमा निर्माता गिरी पक्राउ परेका हुन्।

अनमोल केसी अभिनित ‘कृ’ फिल्ममा गाइएकाे गीत करिब साढे दशक अघिनै गाइएकाे गीतकाे बाेल रहेकाे अाराेपमा निर्माता गिरीलार्इ पक्राउ गरिएकाे महानगरीय प्रहरी परीसरका प्रवक्ता डिएसपी माेहन थापाले बताए।

नेपाली पुरानो फिल्म ‘सम्झना’का निर्माता शम्भु प्रधानको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन्। सम्झना फिल्मको ‘उकालीमा अघिअघि ओरालीमा पछि पछि…’ बोलको गीत चोरेको आरोपमा प्रधानले गत महिना उजुरी गरेका थिए।

पटक-पटक छलफल गर्दा पनि ‘कृ’ले उक्त गीत हटाउन नमानेपछि मुद्दा प्रक्रिया अघि बढेको हो। परिसरका डिएसपी मोहन थापाले निर्माताविरुद्ध प्रतिलिपि अधिकार संरक्षण ऐनअनुसार मुद्दा अघि बढेको बताए।

प्रधानले भुवन केसीविरुद्ध समेत जाहेरी दिएका थिए। तर, कानुनी रुपमा केसी निर्माता नभएको खुलेपछि गिरीविरुद्ध मुद्दा चलाउन लागिएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार गिरीलाई पक्राउ गरेको हो।

प्रतिलिपि अधिकार ऐनअनुसार दोषी ठहर भए ६ महिनासम्म कैद सजाय हुनसक्छ। त्यस्तै, मागअनुसार क्षतिपूर्ति र जरिवाना समेत हुनसक्छ।


  •  
  •  
  •