संविधान बन्न नदिन ओलम्पिक खेल जारी : एमाले अध्यक्ष ओली

115
  •  
  •  
  •  

CPN UML leadersकाठमाडौ, १९ साउन(ओएनएस) : एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान बन्न नदिन ओलम्पिक खेल नै भइरहेको बताएका छन् ।

सिमांकनसहितको संविधान जारी गर्न वार्ता भइरहेको अवस्थामा ओलीले ट्वीट गर्दै संविधान बन्न नदिन ओलम्पिक खेल नै भइरहेको छ । उक्त खेललाई एमालले परास्त गर्ने बताएका छन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘संविधान बन्न नदिन खेल मात्र होइन, अ‍ेलम्पिक खेल नै छ, तर एमालेले यसलार्इ असफल पार्छ, असफल पार्न नेतृत्व गर्छ ।’

[box type=”shadow” ]

[/box]

यस्तै उनले सोही ट्वीट गर्नुअघि पनि अर्को एक ट्वीट गरेर आफूले प्रधानमन्त्रीलाई सीमांकनको कुरामा एमाले बाधक नबन्ने बताएको जानकारी दिएका छन् ।

[box type=”shadow” ]

[/box]

उनले आज मंगलबार बसेको संसदीय दलको बैठकमा पनि एमालेलाई संविधानविरोधी देखाउने प्रयास भइरहेको बताएका थिए । उनले एमाले पनि सीमांकनसहितको संविधान जारी गर्ने पक्षमा रहेको बताएका थिए ।


  •  
  •  
  •