अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने एमालेको निर्णय

172
  •  
  •  
  •  

फाइल फोटो
फाइल फोटो

काठमाडौँ, १७ असोज(ओएनएस) : एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एमालेको आज बसेको स्थायी कमिटीको बैठकले पार्टी अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउन पहल गर्नका लागि वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्याय वामदेव गौतम र विद्या भण्डारीसहितको एक कार्यदल गठन गरिएको छ ।

राष्ट्रपतिले असोज १५ गते ७ दिनभित्र सहमतीय सरकारको गठनको लागी राजनीतिक दलहरुलाई आग्रह गरिसकेका छन् । नयाँ संविधान अनुसार संसद बैठक सुरू भएको ७ दिनभित्र नयाँ गठन गर्नुपर्ने हुन्छ ।

सात दिनभित्र सहमतीय सरकार बन्न नसके राष्ट्रपतिले बहुमतीय सरकार गठनको लागि आह्वान गर्नेछन् ।

संविधान जारी भएपछि एमाले अध्यक्ष ओलीलाई सरकारको नेतृत्व गर्न दिने दलहरुबीच भद्र सहमति भएको भनिंदै आएको छ ।


  •  
  •  
  •