ओली भोली फर्कने

207
  •  
  •  
  •  

काठमाडौँ, १२ साउन (ओएनएस) :  उपचारका लागि सिंगापुर गएका एमाले अध्यक्ष केपी ओली मंगलबार फर्किने भएका छन् । उनी मंगलबार मध्याह्न काठमाडौँ आइपुग्ने कार्यक्रम छ ।

kp
सिंगापुरहाँस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराई उनी यही साउन ९ गते डिस्चार्ज भएका थिए । अध्यक्ष ओली फङ्गल सङ्क्रमणका कारण दायाँ हात सुन्निने क्रम नघटेकाले थप उपचार गराउन साउन ६ गते सिङ्गापुर गएका हुन् । अध्यक्ष ओलीका स्वकीय सचिव रमेश आचार्यका अनुसार अहिले उनको हातको समस्यामा सुधार आएको छ ।


  •  
  •  
  •