ओली पक्षको पत्र निर्वाचन आयोगमा दर्ता

458
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको पार्टी केन्द्रीय समिति बिस्तार सम्बन्धी पत्र निर्वाचन आयोगमा दर्ता भएको छ । पुर्नगठित केन्द्रीय समितिको विवरण निर्वाचन आयोगमा दर्ता गराइएको हो।

नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षको मंगलबार बसेको बैठकले केन्द्रीय समिति पुनर्गठनको निर्णय गरेको थियो।

निर्वाचन आयोगका दिनेशकुमार थपलियाले पत्र दर्ता भएको बताए । मंगलबार बालुवाटारमा बसेको बैठकले ५५६ नयाँ सदस्य थप गरेको थियो । ओलीले साबिकको ४४७ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय घोषणा गरेका थिए । जसमा १९७ जनापछि थप गर्ने निर्णय भएको छ ।

यसअघि सोमबार प्रधानमन्त्री तथा पार्टी अध्यक्षमाथि कारबाही गर्ने सम्बन्धी अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल समूहको सूचना दर्ता भएको थियो ।


  •  
  •  
  •