ओली र नेता नेपालबीच भेटवार्ता

73
  •  
  •  
  •  


काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । काठमाडौंको एक होटलमा बुधवार भेटवार्ता भएको हो । भेटवार्तामा सहमति भएरनभएकोबारे नेताहरूले केही बताएका छैनन् ।

आज भएको भेटसँगै ओली र नेपालबीच लामो समयको संवादहीनताको अवस्था तोडिएको छ । गएको चैत ३ गते पार्टी कार्यालय धुम्बाराहीमा भएको भेटवार्तापछि आज ओली र नेपालबीच पहिलो पटक भेटवार्ता भएको हो ।

भेटमा बिग्रिएको सम्बन्धलाई सुधार गर्ने र सकभर पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल भएको छ । सत्तारुढ दल नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भएको वार्तालाई महत्त्वका साथ हेरिएको छ ।


  •  
  •  
  •