नेपाल र ओलीले उम्मेदवारी दर्ता गराए

172
  •  
  •  
  •  

काठमाडौं, २६ असार ( ओएनएस) । राजधानीमा जारी एमालेको महाधिवेशनमा नेतृत्वका लागि अहिले नेताहरुले उम्मेदवारी मनोनयन दर्ता गराइरहेका छन् । अध्यक्षमा हालसम्म २ जनाको उम्मेदवारी परेको छ । नेताहरु माधव नेपाल र केपी ओलीले निर्वाचन समितिमा अध्यक्षका लागि मनोनयन दर्ता गराएका छन् ।

ओलीले उम्मेदवारी दर्ता गरेपछि नेपालले मनोनयन दर्ता गराएको जनाइएको छ । १४ पदाधिकारीसहित १ सय ५९ सदस्यीय केन्द्रिय कमिटिका लागि उम्मेदवारी दर्ता भइरहेको छ । यस्तै केन्द्रीय लेखा आयोग, अनुसाशन आयोगका लागि पनि उम्मेदवारी दर्ता भइरहेको छ ।

नेपाल र ओलीले उम्मेदवारी दर्ता गराए


  •  
  •  
  •