ओली, सिटौला र कार्कीले आफूलाई मत हाल्न पाएनन्

623
  •  
  •  
  •  

झापा, २१ मंसिर (ओएनएस) : झापामा उत्साहजनकरुपमा मतदान जारी छ । प्रमुख दलका शीर्ष तीन नेताले आफैँलाई मतदान गर्न पाएनन् । नेकपा एमालेका अध्यक्ष केपी ओली, नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार (राम) कार्कीले आफुले आफैँलाई मतदान गर्न नपाएका हुन् ।


एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिटौलाको झापा गृहजिल्ला हो । तर, ओलीले मतदाता नामावली भक्तपुर–२ मा सारेपछि उनले झापाबाट मत हाल्न पाएनन् ।

भद्रपुर नगरपालिका–१०, निर्वाचन क्षेत्र नं १ मा परेपछि सिटौलाले पनि आफुले आफैँलाई मतदान गर्न पाएनन् ।
वाम गठबन्धनका तर्फबाट झापा– १ का उम्मेदवार कार्कीको मतदाता नामावली काठमाडौँ—१ मा भएकाले उनले पनि आफूले आफैँलाई मतदान गर्न पाएनन् ।

ओली झापा—५, सिटौला झापा—३ र कार्की झापा—१ बाट प्रतिनिधिसभाको उम्मेदवार छन् ।


  •  
  •  
  •