देशलाई समृद्ध बनाउन सबैसँग सहकार्य आवश्यक : प्रधानमन्त्री

148
  •  
  •  
  •  

kp oliकाठमाडौँ, १५ जेठ(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाइ समृद्धिको बाटोमा अघि बढाउन सबै राजनीतिक दलहरूबीच सहकार्य आवश्यक भएको बताएका छन् ।

नवौँ गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता र संकल्पबाट मात्र देश समृद्ध हुने भन्दै सबैलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका छन् ।

उनले असहमति र फरक विचारलाई वार्ता र संवादको माध्यमबाट समाधान गर्न सकिने भन्दै आफू संवादबाट समस्याको समाधान खोज्ने पक्षमा रहेको उल्लेख गरेका छन् । वर्तमान सरकार शान्ति, लोकतन्त्र, सामाजिक न्याय र समानता, सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता र देशको राष्ट्रिय हित र स्वाभिमानको रक्षा एवं सुदृढिकरणका लागि प्रतिवद्ध रहेको उनको भनाई छ ।

उनले नेपाली जनताले लामो संघर्षबाट सामन्ती प्रणाली र जन्मसिद्ध श्रेष्ठताको अबैज्ञानिक सिद्धान्तमा आधारित राजतन्त्रको अन्त्य गर्दै सामाजिक न्याय र समानताको मूलस्तम्भको रुपमा गणतन्त्र स्थापित गरेको आजको दिन ऐतिहासिक उपलब्धीको दिन भएको उल्लेख गरेका छन् ।


  •  
  •  
  •