जनताको सुझाव समेटेरै बन्छ संविधान : ओली

136
  •  
  •  
  •  

kp-oli pokharaपोखरा, ७ साउन(ओएनएस) : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले दिएको सुझावको आधारमा नयाँ संविधान जारी हुने बताएका छन् । उनले आगामी संविधानमा जनताले दिएको सुझाव नयाँ संविधानमा नसमेटिने आशंका उब्जिरहेका बेला जनताका उपयुक्त सुझावलाई समेटेर संविधान जारी हुने स्पष्ट पारे ।

पोखरामा बिहिबार आयोजित नेकपा एमाले जिल्ला प्रतिनिधि परिषद् कास्कीको प्रथम जिल्ला भेला उद्घाटन समारोहमा उनले भने, ‘हामीले संविधान जनतालाई पठाएका होईनौ, मस्यौदा पढ्न पठाएका हौ । जनताको भावना देशको आवश्यकता अनुसारको संविधान बनाउछौ ।’

उनले भने, ‘जनताको उपयुक्त राय सुझावलाई सामेल गरेर संविधान बनाईन्छ र त्यसपछि मात्रै लागू हुन्छ ।’ सिमांकन टुङग्याउन पर्छ भन्ने नाममा सहमति कायम हुन नदिने र त्यसैको आधारमा संविधान जारी हुन रोक्ने षडयन्त्र मान्य नहुने उनले बताए । उनले अब जारी हुने संविधान अपूर्ण नहुने र संशोधन गर्न सकिने रहेको समेत स्पष्ट पारे ।

संविधान जारी भएपछि संविधानसभा भंग हुने उनले स्पष्ट पारेका छन् । ‘संविधान जारी भएपछि संविधानसभा कायम रहदैन, संविधानसभाको काम संविधान बनाउने र जारी गर्ने हो,’ उनले भने ‘संविधानसभा कायम राख्नु भनेको संविधान बनेकै छैन भन्ने कुरा स्थापित गर्नु हो ।’ संविधान बनेपछि संविधानसभा समाप्त हुने र बाँकी काम आगामी दिनमा विधिसंवत ढंगले संविधानमा ब्यवस्था भए बमोजिम सम्पन्न हुदै जाने उनले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले अझैपनि जनताको संविधान निर्माणको काम रोक्ने अन्तिम प्रयास भैरहेपनि त्यसलाई विफल पारिने बताए । नेकपा एमाले केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासी, केन्द्रिय लेखा परिक्षण आयोगका डा. पुष्प कंडेलले नेकपा संविधान जारी भएपछि देशको नेतृत्व एमालेले गर्ने बताए ।


  •  
  •  
  •