ओली र प्रचण्डबीच भेट

416
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगबीच शुक्रबार भेट भएको छ ।

फाइल तस्बिर

ओली र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार दिउँसो भेट भएको हो ।  सिंगापुरबाट फर्कने वित्तिकै प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए ।

भेटघाटमा प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । यस्तै प्रचण्डले पछिल्लो राजनीतिक गतिविधि,पार्टीका सकिएको र बाँकी कामबारे जानकारी गराएका थिए ।
आफू उपचारका लागि सिंगापुरमा रहँदा पार्टीका सबै काम अर्का अध्यक्ष प्रचण्डले गर्न सक्नेगरी प्रधानमन्त्रीले प्रचण्डलाई ‘कार्यकारी’ अधिकार सुम्पिएका थिए ।

प्रधानमन्त्री सिंगापुर रहँदा प्रचण्डले एकपटक सचिवालय बैठक बोलाएर केही जनवर्गीय संगठनको सहइन्चार्ज र चार जना केन्द्रीय सदस्य थप गरेका थिए ।
यही बीचमा प्रचण्डले अन्तरपार्टी निर्देशन–२ पनि जारी गरेका थिए ।

दुई अध्यक्षको भेटघाटमा नेकपा महासचिव विष्णु पौडेल पनि सहभागी थिए ।


  •  
  •  
  •