ओली अस्पतालबाट डिस्चर्ज, तीन दिन सिंगापुरमै आराम गरेर फर्किने

231
  •  
  •  
  •  

काठमाडौं १० साउन (ओएनएस) : एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य उपचार सकिएको छ । सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचाररत नेकपा एमालेका अध्यक्ष ओली अस्पतालबाट डिस्चार्ज भएका छन्। साउन ६ गते सिंगापुर गएका उनी भोलिपल्टै अस्पताल भर्ना भएका थिए।

फंगल संक्रमणका कारण दायाँ हात सुन्निने क्रम नघटेकाले थप उपचार गराउन ओली सो अस्पताल भर्ना भएका थिए। चेकअप सकिएको र रिपोर्ट पनि सामान्य आएकाले आज डिस्चार्ज भएको ओलीका सहयोगी इन्द्र भण्डारीले जनाए। उनका अनुसार केही दिन सिंगापुरमा आराम गरी अध्यक्ष ओली सम्भवतः आउँदो मंगलबार स्वदेश फर्कनेछन्।

नेपालमा आएलगत्तै भीडभाड र व्यवस्तता बढ्न र ओलीलाई फेरि स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले तीन दिन सिंगापुरमै आराम गर्ने तयारी भएको एमाले नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।


  •  
  •  
  •