ओली उपचारकाक्रममा सिंगापुर गए

399
  •  
  •  
  •  

काठमाडौं, ६ साउन (ओएनएस) एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी ओली उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । ओली पत्नी राधिका शाक्य र सहयोगी राजेश बज्राचार्यका साथमा मंगलवार दिउँसो १ बजे थाइल्याण्ड हुँदै सिंगापुर प्रस्थान गरेका हुन् । ओली अपरान्ह चार बजे सिंगापुर पुग्नेछन् ।

ओलीलाई विदाइ गर्न उर्जामन्त्री राधा ज्ञवाली, उद्योगमन्त्री कर्णबहादुर थापा, युवा संघका अध्यक्ष महेश बस्नेत लगायतका नेता त्रिभुवन अन्तराष्ट्रिय विमास्थल पुगेका थिए ।  एमालेका कार्यवाहक अध्यक्ष वामदेव गौतमसहितका पदाधिकारी भनेओलीको विदाई गर्न गएनन् ।

 मंगलवार दिउँसो एक बजे थाई एयरवेजको विमानबाट ओली सिंगापुर प्रस्थान गरेका हुन् । विदेश जाने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग अध्यक्ष ओलीले केही प्रतिक्रिया नदिएपछि उहाको सट्टा राजन भट्टराईले ओलीको सिंगापुर यात्राको बारेमा जानकारी दिएका थिए । भट्टराईका अनुसार ओलीको दाहिने हातका संक्रमण बढेको र हातबाट पानी पानी खस्ने समस्या देखिएकोले पुनः उपचारका लागि विदेश जानु परेको हो । अध्यक्ष ओली चिकित्सकको सल्लाह अनुसार उपचारका लागि सिंगापुरको नेसनल युनिभसिर्टी अस्पतालमा भर्ना हुने भएका छन् ।
यसअघि ओलीले भारतको नयाँ दिल्ली र बैंककमा उपचार गराएका थिए ।
यसैबीच, नेकपा–एमालेका नवनिर्वाचित अध्यक्ष ओलीले उपचारको लागि सिंगापुर जानुअघि उपाध्यक्ष बामदेव गौतमलाई कार्यवाहक अध्यक्षको जिम्मा दिएका छन् ।
यद्यपी वरियताको क्रममा भने उपाध्यक्षमा भिम रावल अगाडि भएपनि गौतम अध्यक्ष ओलि निकट भएकाले पनि कार्यवाहक अध्यक्षको जिम्मा दिएको बताइएको छ । ।


  •  
  •  
  •