ओलीको स्वास्थ्यमा फेरि समस्या, आज सिंगापुर जाने

182
  •  
  •  
  •  

काठमाडौं ६ साउन (ओएनएस) : एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा फेरि समस्या देखिएको छ । आफ्नो स्वास्थ्योपचारका लागि अध्उयक्ष ओली आज मंगलबार दिउँसो सिंगापुर जाने भएका छन् । हातमा ‘फंगल इन्फेक्सन’ देखिएपछि ओली उपचारका लागि सिंगापुर जान लागेका हुन् । यसअघि उनले थाइल्यान्डको बैंककमा उपचार गराएका थिए । ओलीका सहयोगी रमेश आचार्यले मंगलबार दिउँसो साढे १ बजे हातको उपचार गर्न सिंगापुर जान लागेको जानकारी गराएका छन् ।
ओलीको सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार हुने निधो भइसकेको छ ।

मृगौला प्रत्यारोपण गरेका ओलीलाई ‘फंगल म्यानेन्जाइटिस’ भएपछि बैंककमा थप उपचार गरिएको थियो । असार ३ गते करिब डेढ महिनाको उपचारपछि बैंककबाट फर्किएका थिए । यसपटक चिकित्सकको सल्लाह अनुसार नै ओली सिंगापुर जान लागेको उनका निकटस्थहरुले बताएका छन् । आफ्नो अनुपस्थितिमा उनले कार्यवाहकको जिम्मेवारी उपाध्यक्ष वामदेव गौतमलाई दिने भएका छन् ।


  •  
  •  
  •