तीनकुनेमा केपी ओलीको दिवाभोज

210
  •  
  •  
  •  

 

काठमाडौं, ४ साउन (ओएनएस) अध्यक्षमा निर्वाचित भएपछि केपी ओलीले नवौं महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यहरुलाई दिवाभोज दिएका छन् । आइतवार राजधानीको तीनकुनेमा रहेको रोयल इभेन्टमा ओलीले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई दिवा भोजकालागि बोलाएका छन् ।

अध्यक्षमा निर्वाचित भएपछि सबैको सहयोग पाउने ओलीले नयाँ र पुराना केन्द्रीय सदस्यलाई भेला गराएर आत्मियता बढाउने अभियान चालेको ओली निकट एक नेताले जानकारी दिए । दिवाभोजमा १ सय ५८ केन्द्रीय सदस्य, विभिन्न अयोगका पदाधिाकारी तथा ओली निकटक नेतारुलाई बोलाइएको छ ।

 ओलीको भोजमा माधव नेपालभने सहभागी छैनन् । नेपाल बहिनीको उपचारकालागि नयाँ दिल्लीमा छन् । ओलीले सबै केन्द्रीय सदस्यहरुलाई  एसएमएस गरेर बोलाएका छन् ।


  •  
  •  
  •