काठमाडौं ६ असोज (ओएनएस) :
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली आफैले संविधान बनाएकाले नेपाली वाहेक कसैले भनेर पनि संविधान संसोधन नहुने बताएका छन् । उनले संविधानका विषयमा अरुको टाउको दुख्न नपर्ने बताए । संविधानमा भारतीय चासोप्रति भने उनले सार्वजनिक असन्तुष्टि जनाएका छन् ।
सहाना प्रधानको प्रथम स्मृतिमा काठमाडौंमा बुधबार भएको कार्यक्रममा ओलीले नेपाली भारतको नाम उल्लेख नगरि उनले कसैले हेप्न खोजे सैह्य नहुने बताए ।
‘‘नेपाल र नेपाली जनताको अहितको काम गर्ने छैनौं, यो नेपाली जनताको लागि भनेका छौं, यो कसैकोविरुद्ध छैन भने अरुलाई टाउको दुख्नुपर्ने किन,’ ओलीले प्रश्न गरे, ‘यो देश सानो छ, विकासमा पछाडि छ, अलि अप्ठ्यारो भएका हुनाले जसो गरे पनि हुन्छ भनेर मित्रहरुले नसोचे हुन्छ ।’
ओलीले अंगीकृत नागरिकका लविषयमा भारतले राखेको माग बारे पनि असन्तुष्टि जनाए ।
‘यसो कतैबाट आयो, अंगीकृत नागरिकता फुत्कायो भने किन भोलिपल्टै राष्ट्रपति हुन पाउनुपर्ने, प्रधानमन्त्री हुन पाउनुपर्ने, सांसद, मन्त्री अझ मुख्यमन्त्री हुन पाउनुपर्ने,’ उअसन्तुष्सिसिहत ओलीले भने, ‘अंगीकृत भयो, घर बनाउन पायो, बस्न खान पायो, अब हतार हतार प्रधानमन्त्री, राष्ट्रपति, मुख्यमन्त्री हुनैपर्ने किन ?’ निर्वाचन क्षेत्रहरुको सन्दर्भमा पनि तलमाथि गर्न नसकिने भन्दै उनले जनसंख्यालाई मात्रै आधार मान्ने हो भने कर्णालीका जिल्लामा एउटै निर्वाचन क्षेत्र नबन्ने बताए ।
भारतले संविधानमा संसोधन गर्नुपर्ने सात बुँदे माग राखेको थियो
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले मधेसी मोर्चाले उठाउँदै आएको २२ बुँदे र ८ बुँदे मागलाई अहिलेको संविधानले सम्बोधन गरिसकेको भन्दै उनीहरुलाई शान्तिपूर्ण राजनीतिमा फर्कन आग्रह गरे ।
मुलुकमा राजनीतिक क्रान्ति सफल भएको भन्दै उनले अब देश आर्थिक क्रान्तिको दिशामा अघि बढ्ने बताए ।
सो अवसरमा एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपालले उत्कृष्ट संविधान बनेको भन्दै अब यसको कार्यान्वयन गर्न सकिए मुलुकले काँचुली फेर्ने दाबी गरे ।