संविधान जारी हुन नदिन आन्दोलन : ओली

129
  •  
  •  
  •  

kp-oli pokharaकाठमाडौ, ८ साउन(ओएनएस) : एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान नचाहेका समूहले समविधान जारी हुन नदिनका लागि आन्दोलन गरेको आरोप लगाएका छन् । सीमांकन र नामांकन तथा धर्मनिरपेक्षताको विषयमा भएको आन्दोलनप्रति लक्षित गर्दै ओलीले यस्ता आन्दोलनको कुनै तुक नभएको बताएका छन् ।

ओली निवास बालकोटमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले संविधानमै संघीयता उल्लेख भएकाले संघीयता संविधानमा लेखिनेमा विस्वस्त रहन समेत आग्रह गरे ।

उनले जनताले दिएको सुझाव अनुसार नै प्रदेशको सीमांकन र नामांकन हुने बताउँदै यसमा पार्टीलाई कुनै आपत्ति नहुने बताएका छन् । उनले हरेक नेपालीले नागरिकता पाउने बताउँदै कुनै पनि नेपाली नागरिकता बिहिन हुनुनपर्ने बताए ।

धर्म निरपेक्षताको ब्याख्या गलत रूपमा भएको भन्दै उनले यसलाई धार्मिक स्वतन्त्रता उल्लेख गरेर विवादलाई सुल्झाउन सकिने बताए ।

उनले आगामी संविधानमा पूर्ण प्रेस स्वतन्त्रता हुने बताउँदै प्रेस स्वतन्त्रता भनेपछि त्यसले स्वतन्त्रता कम या बढी भन्ने अर्थ लगाउन नमिल्ने तर्क गरेका छन् । उनले स्वतन्त्रता आफैमा पूर्ण भएकाले त्यसमा पूर्ण थप्नु नपर्ने तर पूर्ण प्रेस स्वतन्त्रता नै लेखेर जान सकिने बताए ।


  •  
  •  
  •