धर्म निरपेक्षता राम्रो शब्द होइन : केपी ओली

102
  •  
  •  
  •  

काठमाडौं,  ३१ असार (ओएनएस) :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  धर्म निरपेक्षता शब्द उपयुक्त अनुवाद नभएकोले संविधानमा राख्न नहुने बताएका छन् ।

बिहिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत ओलीले आफूले संविधानमा धर्म निरपेक्षता शब्द नराख्न सूझाव दिएको बताएका हुन् । तर ओलीले सबैलाई आ–आफ्नो धर्म मान्ने स्वतन्त्रता भने हुने जनाएका छन् ।

[box type=”shadow” ]

[/box]

संविधानमा धार्मिक स्वतन्त्रता राखिएकोमा विरोध भएपछि ओलीले पूर्विय दर्शनको पनि संरक्षण गर्ने बताएका छन् । ओलीले भनेका छन्  , ‘पूर्वीय दर्शन, सभ्यता, इतिहास र गौरवको हामी संरक्षण गर्छौ , त्यो हामी बिर्सन सक्दैनौ ।’

[box type=”shadow” ]

[/box]


  •  
  •  
  •