ओली भन्छन् : साउनको दोस्रो साता नयाँ संविधान जारी हुन्छ

99
  •  
  •  
  •  

फाइल फोटो
फाइल फोटो

विराटनगर,  २० असार (ओएनएस) : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले साउनको दोस्रो सातासम्ममा नयाँ संविधान जारी हुने बताएका छन् । ‌

ओलीले प्रारम्भिक मस्यौदा संविधानसभाबाट छिटे पास भए लगत्तै राय सुझावको लागि जनतामा लगिने बताए । विराटनगर विमानस्थलमा आईतबार ‌ओलीले भने, ‘संविधानको प्रारम्भिक मस्यौदा संविधानसभाबाट पास भएपछि जनताको राय सुझावका लागि जनताको माझमा लगिन्छ । त्यसपछि संविधान आउछ ।’

उनले संविधान बनेर नेपालको संक्रमणकाल टुङ्गियोस् भन्ने अन्तर्राष्ट्रिय जगत्को पनि चाहना रहेको छ रहेको ६०१ जना सभासद्मध्ये एक–दुई दर्जन सभासद्ले विरोध गर्नुको कुनै अर्थ नरहेको  टिप्पणी गरे ।

उनले संविधान निर्माणमा देखिएको सहमति दलहरुका लागि ऐतिहासिक सफलता भएकाले नयाँ संविधान जारी नभएसम्म दलहरुबीचको यो एकता कायमै रहनुपर्नेमा जोड दिए ।

ओलीले प्रधानमन्त्री बन्नुभन्दा पनि जनताबीच नयाँ संविधान दिने आफ्नो पहिलो जिम्मेवारी भएकाले अन्य विषयमा अहिले नसोचेको धारणा प्रकट गरे ।


  •  
  •  
  •