पार्टीभित्रको अन्तर्घातका कारण हारियो: एमाले

52
  •  
  •  
  •  

काठमाडौं ।  नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा बेहोर्नुपरेको हारको प्रमुख कारण अन्तरघात भएको प्रारम्भिक निष्कर्ष निकालेको छ। बुधबार बानेश्वरस्थित संघीय संसद्‌ भवनमा बसेको पार्टी संसदीय दलको बैठकले स्थानीय तहको निर्वाचनमा अन्तरघातका कारण धेरै ठाउँमा हार बेहोर्नु परेको निष्कर्ष निकालेको हो।

बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस, माओवादी र एकीकृत समाजवादीभन्दा एमालेमा अन्तरघात बढी भएको बताए ।

‘कांग्रेस, मा‌‌ओवादी र माधवकुमार नेपालको पार्टीमा होइन यसपटक एमालेमा अन्तर्घात भयो,’ ओलीले भने, ‘कहाँबाट सिके समीक्षा गरिनुपर्छ ।’

अध्यक्ष ओलीले पार्टीको जनमत घटेको नभइ बढेको समेत दाबी गरे ।

त्यस्तै अध्यक्ष ओलीले सरकारले मंगलबार संसदमा पेश गरेको नीति तथा कार्यक्रम मुलुकको समस्या सम्बोधन गर्नेतर्फ केन्द्रीत नभई निरन्तरता मात्रै भएको भन्दै त्यसबारे चिरफार गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिए ।


  •  
  •  
  •