चुनावपछि सत्ता गठबन्धन आबद्ध दलहरुको अस्तित्व नै संकटमा पर्छः ओली

65
  •  
  •  
  •  


काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावपछि सत्ता गठबन्धन आबद्ध दलहरुको अस्तित्व नै संकटमा पर्ने दावी गरेका छन् ।
नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधनका क्रममा उनले अबको १४ महिनापछि चुनाव हुने भन्दै कांग्रेस, माओवादी, नेकपा (एस) लगायत दलहरु हराउने र बिलाउने बताए ।
उनले भने,‘धेरै चिन्ता नगर्नुस् । १४ महिनामा चुनाव हुन्छ । १५ महिनामा सरकार बन्छ । यी कता हराउँछन्, कता बिलाउँछन् । यी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन् । आफैं परेका आइस होइन यो । ती डल्ला बाहिर राखिदिएपछि केही छिनपछि पग्लिहाल्छन् ।’

आफू प्रधानमन्त्री हुँदा घोषणा गरिएको चुनावको विरोध गरेका वर्तमान सत्ता गठबन्धनले टार्न खोजिए पनि चुनाव नगरी धर नभएको उनले बताए । ओलीले अहिलेको सरकार अस्वाभाविक ढंगले निर्माण भएको भन्दै गैरजिम्मेवार, जनताप्रति उत्तरदायी नरहेको आरोप पनि लगाए ।


  •  
  •  
  •