बिग्रिन लागेकाहरु बाहिरिएका हुन्, एमाले जहाँको त्यहीँ छः ओली

76
  •  
  •  
  •  


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपालसहित बाहिरिए पनि पार्टी जहाँको त्यहीँ रहेको बताएका छन् ।
नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले बिहीबार आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपालको कम्युनिस्ट पार्टीलाई एकढिक्का बनाउन पार्टी (एमाले–माओवादी) एकीकरण गरिएपनि केहीको इर्ष्या, कुण्ठा र अहंकारले भत्किन पुगेको बताए ।
एमालेलाई सिध्याउन खोजिए पनि सचेत कार्यकर्ता पंक्ति जुरुक्कै उठेको पनि ओलीले टिप्पणी गरे।

ओलीले एकताबाट प्राप्त शक्ति केही व्यक्तिलाई नपचेको बताए।
जनतालाई उत्तेजित नबनाऊ, प्रतिकारमा उत्रनुपर्ने अवस्था आउला
ओलीले जनतालाई उत्तेजित बनाउन कार्य नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

ओलीले जनतामाथि सत्ताको दुरुपयोग गरेर बल प्रयोग गरिएको भन्दै आपत्ति जनाए ।

‘जनतमाथि सरकारले सत्ताको दुरुपयोग गरेर बल प्रयोग गरेको छ’, ओलीले भने, ‘जनतालाई उत्तेजित बनाउने कार्य नगर्नुस्, प्रतिकारमा उत्रने अवस्था नआओस् ।’

आफ्नो शासनकालमा जनताकोमाथि बल प्रयोग नभएको दाबी गरेका पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अहिले सरकारले जनताको विरोध प्रदर्शनमा बल प्रयोग गरेको आरोप लगाए ।


  •  
  •  
  •