बागमती सफाइको सयौं हप्तामा सहभागि हुन ओलीको अपील

226
  •  
  •  
  •  

काठमाडौ, २५ चैत (ओएनएस) : नेकपा एमालेका अध्यक्ष केपी ओलीले बागमती सफाइ अभियानाको आगामी शनिबार सयौं हप्तामा प्रवेश गरेकोमा वधाई ताथ शुभकमना दिएका छन् ।

ओलीले बुधबार एक विज्ञप्ति जारी गर्दै अभियानको नेतृत्व गर्ने नेपाल सरकारका मुख्य सचिव तथा राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षाकर्मी, स्वयंसेवक, विद्यार्थीहरू, विभिन्न सङ्घसंस्था लगायत सम्बद्ध सबै अभियन्ताहरूमा वधाई तथा शुभकामना दिएका हुन् ।

 ‘बागमती नदी इतिहास, सभ्यता, संस्कृति, आस्था र जीवनसँग जोडिएको पवित्र नदी भएको बताउँदै प्रदूषित र कुरूप बनिरहेको यथार्थ सबैका सामु छर्लङ्ग छ । नेपाल आउने पर्यटकहरूको मनमस्तिष्कमा नेपाल र नेपालीप्रति नकारात्मक मनोविज्ञान निर्माण गरिरहेको स्थिति छ । यसले निम्त्याउन सक्ने वातावरणीय जोखिम पनि गम्भीर छन् । ’ ओलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ,’यस अभियानलाई १०० हप्तासम्म सञ्चालन गर्न र बागमतीलाई तुलनात्मक रूपमा स्वच्छ एवं व्यवस्थित बनाउन सफल हुने बागमती सफाईका अभियन्ताहरू धन्यवाद र प्रशंसाका पात्र हुनुहुन्छ । अभियानले जनस्तरमा सरसफाइ सम्बन्धी चेतनाको विकासमा ठूलो भूमिका खेलेको छ । ‘

आगामी चैत २८ गते शनिवार बागमतीको सुन्दरीजलदेखि चोभारसम्मको २८ किलोमिटर क्षेत्रको दुबै किनारमा मानव साङ्लो बनाउने र बागमतीलाई फोहोर हुन नदिने साझा सङ्कल्प गर्न आयोजना गरेको कार्यक्रमप्रति ओलीले ऐक्यवद्धता जनाएको छन् ।

साथै अभियानलाई सफल पार्न पार्टीका सबै त्यस दिन बिहान ७ बजे अगावै आफूलाई पायक पर्ने बागमती नदी किनारमा भेला भई यस अभियानलाई भव्यरूपले सफल पार्न ओलीले अपील गरेका छन् ।

Oli


  •  
  •  
  •