सारथीलाई जिताउन असफल ओली

145
  •  
  •  
  •  

काठमाडौं, ३२ असार (ओएनएस) । १४ पदाधिकारी मध्ये ध्यक्षसहित ७ मा ओली पक्षले विजय पाउँदा केन्द्रीय कमिटिमा भने अल्पमतमा पर्ने देखिएको छ । केपी ओली ५० भन्दा तलको मत अन्तरले माधव नेपालाई उछिन्दै अध्यक्षमा निर्वाचित भए । तर, उनलाई साथ दिने शंकर पोखरेल, रघुविर महासेठ, विष्ण रिमाललगायतका नेताहरु पदाधिकारीमा पराजित भए ।

सारथीहरु पदाधिकारीमा पराजित भएपछि अलि नरमाइलो मानेका ओलीलाई खुला केन्द्रीय सदस्यको परिणामले थप ‘झट्का’ दिएको छ ।

ओली निकट वर्तमान सरकारका दुई मन्त्री र प्रभावशाली नेताहरु केन्द्रीय सदस्यमा समेत पराजित हुने लगभग निश्चित भएको छ ।ओलीका अत्यन्त निकटस्थ मानिने स्वास्थ्यमन्त्री तथा निवर्तमान पोलिटव्यूरो सदस्य खगराज अधिकारी र उद्योग मन्त्री कर्ण थापा चुनाव हार्ने अवस्थामा छन् । उनीहरु ४९ सदस्यीय खुला केन्द्रीय समितिमा पराजित हुने लगभग पक्का भएको छ ।

यस्तै उनी निकट काठमाडौं ३ का सभासद रामेश्वर फुयाल, युवा संघका अध्यक्ष महेश बस्नेत पनि हार नजिक छन् । यस्तै पदाधिकारीमा हारेका धर्मनाथ साह र रघुवीर महासेठ केन्द्रीय सदस्यमा पनि नजित्ने भएका छन् ।

ओलीका विश्वासपात्र गोकुल बास्कोटा, कैलाश ढुंगेल, केशव पाण्डे, केशव देवकोटा, बिनोद श्रेष्ठ लगायतका युवाहरु पनि भूगोलामा पराजित भइसकेका छन् ।


  •  
  •  
  •