मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री

93
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज फेरि मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्।  आफूसँग रहेका मन्त्रालयहरुमा आज पूर्व माओवादीसहितका मन्त्रीलाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका हुन्। हाल गृह, रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले नै लिएका छन् ।

एमालेको कोटाबाट मन्त्री हुनेहरु अधिकांश नयाँ अनुहारलाई मौका दिने प्रधानमन्त्रीको योजना रहेको बालुवाटार स्रोत बताएकाे छ।

 


  •  
  •  
  •