सर्वोच्चले प्रधानमन्त्रीसँग माग्यो लिखित जवाफ

75
  •  
  •  
  •  


काठमाडौं । सर्वोच्च अदालतले शपथ विवादमा परेको रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित जवाफ माग गरेको छ ।

साथै राष्ट्रपति कार्यालयसँग पनि लिखित जवाफ माग गरिएको छ ।

सोमबार दर्ता भएका चारवटा रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले यस्तो जवाफ माग गरेको हो ।

रिट निवेदनकर्ताले अन्तरिम आदेशको माग गर्दै प्रधानमन्त्रीको हैसियतमा हुने काम कारवाहीमा रोक लगाउन भनेका थिए । तर सर्वोच्चले अन्तरिम आदेश भने दिएको छैन ।

“सम्माननीय प्रधानमन्त्री र मन्त्रीहरुको शपथ सम्बन्धमा विचार गर्दा विपक्षीहरुबाट लिखित जवाफ परेपछि रिट निवेदनमा अन्तिम निर्णय हुँदा निरुपण हुनेनै भएकाले हाल मागबमोजिम अन्तरिम आदेश जारी गर्नु परेन,” आदेशमा भनिएको छ ।


  •  
  •  
  •