‘यस रुपमा संक्रमण फैलिएला भन्ने लागेको थिएन’

94
  •  
  •  
  •  


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएला भन्ने आफूलाई नलागेको बताएका छन् । आइतबार सर्वपक्षीय भेलालाई सम्बोधन गर्दैं ओलीले नेपालीको रोग प्रतिरोधात्मक क्षमता धेरै बलियो रहेकाले यो संक्रमण फैलिँदैन भन्ने आफूलाई लागेको बताएका हुन् ।

ुयस रुपमा नेपालमा कोभिड बढ्छ भन्ने मैले ठानेको थिइनँ । मैले के ठानेको थिएँ भने हाम्रो इम्युन सिस्टम (रोग प्रतिरोधात्मक प्रणाली) धेरै स्ट्रोङ छ, त्यसकारण हाम्रोमा अलिअलि सर्ला तर यस तहमा चाहिँ वृद्धि हुन सक्दैन भन्ने लाग्या थियो’ प्रधानमन्त्री ओलीको भनाइ थियो ।

उनले गत वर्ष कोरोनाको पहिलो लहर चल्दा संसद्‌देखि सार्वजनिक मन्तव्यमा नेपालीमा रोग प्रतिरोधात्मक क्षमता बलियो भएकाले धेरै प्रभाव नपर्ने दाबी गर्दै आएका थिए । त्यस्तै, बेसार पानी, अम्बाको पात उमालेर ुगार्गलु गर्दा कोरोना निको हुन्छ भन्ने भनाइ उनले पटक पटक दोहोर्‍याएका थिए । उनले नेपालीले हिमालबाट बग्ने जडिबुटी पखालेर आएको ‍औषधीय गुण भएको पानी पिउने भएकाले पनि कोरोनाले प्रभाव नपार्ने मन्तव्य संसद्मा नै दिएका थिए ।

अहिले आएर प्रधानमन्त्री ओलीले कोरोनाले यसरी प्रभाव पार्ला भन्ने आफूलाई नलागेको अभिव्यक्ति दिएका हुन् ।


  •  
  •  
  •