कोभिडविरुद्ध नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्रीको आग्रह

113
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको लडाइँमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । अमेरिकी टेलिभिजन सिएनएन इन्टरनेशनलसँगको अन्तर्वार्तामा उनले सो आग्रह गरेका हुन् ।
उनले विश्व समुदायलाई यस लडाइँमा नेपाललाई विभिन्न प्रकारले सघाउन विशेष अपिल समेत गरे । कोरोना संक्रमणबाट जोगाउन सरकारले प्रयास गरेको समेत उनले उल्लेख गरे ।

अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले नेपालमा कोभिड १९ महामारी विरूद्धको लडाइँ नियन्त्रणमै रहेको बताए । कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लगायतका प्रतिबन्धहरु लागू गरिएको बताउँदै उनले नेपालको स्थिति नियन्त्रणमा रहेको उल्लेख गरेका हुन् ।


  •  
  •  
  •