वाइसीएलले ‘उत्पात मानसिकता’ त्याग्न सकेन : ओली

120
  •  
  •  
  •  

kp-oliकाठमाडौं, १३ फागुन (ओएनएस) : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाओवादी भातृ संगठन वाइसीएलले मंगलबार निकालेको लाठी जुलुसप्रति टिप्पणी गर्दै एमाओवादीले ‘उत्पात मानसिकता’ त्याग्न नसकेको बताएका छन् ।

बुधबार राजधानीमा आयोजित युवा संघको कार्यक्रममा ओलीले जनताबाट विस्थापीत हुने डरले एमाओवादीले आफ्ना व्यवहार पुरानै शैलीमा फर्काउन लागेको आरोप लगाए । उनले लाठी जुलुस निकालेर माओवादीले आतंक फैलाउन लागेको आरोप लगाए ।

उनले एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले शनिबार काठमाडौंमा गर्न लागेको सभाको कुनै अर्थ नभएको समेत बताए । ओलीले भने ”२००७, २०४६, २०६२–६३ को जस्तो अवस्था छैन, जनताले केहि बुझेको छैनन् जस्तो ठानेर, बोलाउँदा आउँछन् भन्ने सोच्नु गलत हो । ’

ओलीले आवश्यक परेको खण्डलाई सडकमा आउन जनतालाई कसैले बोलाउन नपर्ने समेत बताए । आक्रमक शैलीमा प्रस्तुत भएका ओलीले एमाओवादीलाई राजतन्त्रकै कोटामा राख्दै भने ‘ माओवादीले अन्त्य हुने बेलमा छटपटाहट देखाउन थालेको छ । ’

उनले एमालेलाई माधेशवादी भनेर दुष्प्रचार गरिएको बताउँदै एमालले सधै मधेशको हितमा बोलेको समेत स्पष्ट पारे ।


  •  
  •  
  •