नेपालमा अब कुनै प्रकारको द्वन्द्व छैनः प्रधानमन्त्री

373
  •  
  •  
  •  


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग तीन बुँदे सहमति पछि आयोजित कार्यक्रममा प्रधानमन्त्रीले यस्तो दाबी गरेका हुन्।

उनले यो फोर्स वा क्रमल्याडिङ नभएको भन्दै सेफ ल्याडिङ भएको दाबी गरे। उनले नेपाली जनताले शान्ति खोजेको बताए। उनले समृद्ध नेपाल, सुखी नेपाली बनाउनुपर्ने भएकाले शान्ति र लोकतन्त्र चाहिने बताए।
‘राष्ट्रियता र स्वाधिनताको रक्षा हो। राष्ट्रिय हितको रक्षा र लोकतन्त्रको सुदृढीकरण जनताले चाहेका छन्’, ओलीले भने।
भ्रष्टाचारको अन्त्य र विकासको कार्य गतिशिल रुपमा होस् भन्न जनताको चाहाना रहेको उनको भनाइ छ ।

ओलीले शान्तिमा आउने कमदले नेत्रविक्रम चन्द ‘विप्लव’ले जनताको मन जितेको बताए ।
नेपालमा अब कुनै प्रकारको द्वन्द्व नरहेको बताए । उनले रातारात नभई वर्षौंदेखि विप्लव समूहसँग वार्ता भइरहेको बताए ।

ओलीले विप्लव समूहसँग कुनै समस्या आए वार्ता र छलफलबाटै टुङ्ग्याउने बताए ।
उनले भने, ‘समस्या आए वार्ता छलफल गर्छौं । कुस्ती खेल्दैनौं ।’

उनले विप्लव समूहसँगको वार्तालाई नयाँ युगको संज्ञा दिए । १० वर्षअघि विप्लव र आफूले मुलुकलाई अगाडि बढाउने विषयमा गम्भीर कुराकानी गरेको प्रधानमन्त्री ओलीले बताए ।


  •  
  •  
  •