निर्वाचन रोक भन्नेहरु लोकतन्त्रवादी हुन सक्दैनन्ः प्रधानमन्त्री

65
  •  
  •  
  •  


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसम्वत ढंगले नै आफूले प्रतिनिधिसभा विघटन गरेको जिकिर गरेका छन् । दाङमा सोमबार आयोजित आमसभालाई सम्बोधन गर्दै उनले विघटनको बचाउ गरेका हुन् । प्रचण्ड–माधव समूह जनताले धुलो चटाउने डरले निर्वाचनमा जान डराएको उनको दावी छ ।

निर्वाचन आयोगमा गएर निर्वाचन रोक भन्नेहरु लोकतन्त्रवादी हुन नसक्ने प्रधानमन्त्री ओलीको भनाइ छ । निर्वाचन आयोगले पार्टी विभाजनलाई अस्वीकार गरेकोमा समेत उनले प्रचण्ड–माधव पक्षलाई व्यङ्ग्य गरेका छन् । बैठकमा नआएर चोक चौतारामा बसेर अध्यक्ष बन्नेहरुको पद निर्वाचन आयोगले खतम पारिदिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले अदालतले प्रतिनिधिसभा पुनःस्थापना नभए शान्ति प्रक्रिया डिरेल हुने भनी दाहालले दिएको अभिव्यक्तिलाई ‘सिङ फुक्लिसकेको तिल्के गोरुको ‘फाँ फू’ जस्तै भनेका छन् ।

निर्वाचन आयोगले नेकपा आधिकारितासम्बन्धी आइतबार गरेको निर्णयलाई संकेत गर्दै प्रधानमन्त्री ओलीले पार्टी नटुक्रिएको बताए । सरकारले राम्रा काम गर्न खोज्दा खुट्टा समातेर चल्नै नदिएपछि अति भएर प्रतिनिधिसभा विघटन गरिएको ओलीको दावी छ ।


  •  
  •  
  •