पार्टी फुटाउन खुमलटारमा २८० वटा बैठक बसेछ : प्रधानमन्त्री(भिडियाेसहित)

568
  •  
  •  
  •  

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउन खुमलटारमा २८० वटा बैठक बसेको बताएका छन्। बबरमहलस्थित कार्की बैंक्वेटमा आइतबार आयोजना भएको नेकपा ओली निकट विद्यार्थी संगठन अनेरास्ववियूको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेतृत्व र प्रधानमन्त्रीलाई खुल्याउन तथा पार्टी फुटाउन बैठकहरू भएको बताए । त्यसबाहिर अरू ३५ वटा बैठक बसेको पनि उनले बताए ।  उनले भने, ‘मैले फाइल पल्टाएर हेरेँ। पार्टी फुटाउनका लागि खुमलटारमा मात्रै २८० बैठक र अन्य ३५ बैठक बसिरहेको छ । खुमलटारमा, कोटेश्वर, बानेश्वरलगायतका क्षेत्रमा पार्टी फुटाउनका लागि बैठक बसिरहेको पाएँ।’


खुमलटारमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बस्छन्। उनले त्यसतर्फ लक्षित गर्दै खुमलटारमा २८० बैठक बसेको दाबी गरेका छन्। सरकारले राम्रो काम गरेको देखेर पार्टी नेताहरुले काम गर्न नदिएको उनको भनाइ छ । ‘उहाँहरुले सरकारको कामको विरोध गर्दै पदको पछि लागि राख्नुभएको छ। उहाँहरु जहिले पनि आफ्नो गुटको भेला भन्दा बाहिर निस्किन सक्नुभएन’ उनले भने,‘यस्तो गुट भेलाले ओलीलाई निकालिदिने रे ।’ ‘गुट भेलामा उठाएको हस्ताक्षर मलाई अध्यक्षबाट हटाउनका लागि माथि थपेर ल्याउनुभएको रहेछ। उहाँहरुले गर्न सकेको पनि केके हो ? उनले भने।

उनले विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापना नहुने दाबी पनि गरेका छन्। तोकिएकै समयमा चुनाव हुने उनको भनाइ छ। प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरेका थिए। उक्त कदम असंवैधानिक भन्दै विरोध भइरहेको छ।

भिडियाे

 


  •  
  •  
  •