काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पिलो निचोरेर फाल्दैमा तौल नघट्ने बताएका छन् ।

आफ्नो समूहको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले जीवन शर्माको गीत गुनगुनाउँदै भने, ‘पिलो निचोरेर फाल्दैमा तौल घट्दैन।’
भेलामा ओलीले ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन्। यस्तै ओलीले आफूले कसैलाई कारबाही नगर्ने पनि प्रष्ट पारेका छन्।