ओलीद्वारा केन्द्रीय कमिटी बैठक आह्वान

373
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पार्टीको केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन् ।

नेकपा केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालका अनुसार मंगलबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने छ ।
पार्टीभित्र विवाद उत्पन्न भई प्रतिनिधिसभा विघटनपछिको स्थितिबारे केन्द्रीय कमिटीको बैठक बोलाइएको हो ।


  •  
  •  
  •