संविधानसभामा आक्रमण भएपछि ओलीले भने : छाती दुखिरहेको छ, तर पनि संविधान निर्माण गरेरै छोड्छु

539
  •  
  •  
  •  

काठमाडौं,  ६ माघ (ओएनएस) : संविधानसभा बैठक चलिरहेको बेला सोमबार राति एमओवादी लगायत विपक्षी सभासदहरुले बितण्डा मच्चाएपछि एमाले अध्यक्ष केपी ओलीले जे जस्तो अवस्था व्यहोर्नु परेपनि संविधान बनाएरै छाड्ने दृढता ब्यक्त गरेका छन् । ओलिले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो लेखेका छन् :-

हिजो राती संविधानसभामा भएको आक्रमण र तोडफोडको घटनाबाट माओवादीहरुको उद्देश्य र परिचय छर्लङग भएको छ । यो संस्थागत ढङगले योजना बनाएरै गरिएको आक्रमण र तोडफोड हो । विशेष गरी सभाध्यक्ष र ममाथि व्यक्तिगत रुपमा नै ताकेर आक्रमण गरिएको थियो ।

सभाध्यक्षसम्म उनीहरु पुग्न सकेनन्, तर म अगाडि नै भएकोले मलाई माइकले छातीमा लाग्यो । छाती दुखिरहेको छ । बैठक स्थगित भइसकेपछि पनि लामो समय उनीहरु तोडफोड मच्चाइरहे । यसबाट उनीहरु संविधान सभामा विश्वास राख्ने होइनन्, रीस र आवेग पाल्ने रहेछन् भन्ने देखियो । मर्यादापालकहरु घाइते भएका छन्।

म घाइते मर्यादापालकहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु । यस्तो घटनाबाट विचलित हुने त सवालै उठ्दैन । यस्तो आक्रमण त के, मैले व्यक्तिगत रुपमा जे जस्तै अवस्था व्यहोर्नु परे पनि म संविधान निर्माण गरेरै छोड्छु । मेरो पार्टी नेकपा (एमाले) पनि मुलुकलाई लोकतान्त्रिक संविधान दिइछाड्ने कुरामा दृढ छ ।

[box type=”shadow” ]

[/box]


  •  
  •  
  •