प्रधानमन्त्री ओलीको राजनीतिक दौडधुप बढ्यो

434
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी ओली राजनीतिक दौडधुपमा व्यस्त देखिएका छन्।


प्रधानमन्त्री ओली शनिबार बिहान उपाध्यक्ष वामदेव गौतमलाई लिएर प्रचण्डनिवास खुमलटार पुगेका थिए । त्यस लगत्तै गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेट्न उनी मन्त्रीनिवास पुगेका थिए। बादलसँगको वार्ता सकाएर उनी बालुवाटार फर्किएका छन्।

पार्टी निकै अप्ठेरोमा परेपछि ओली प्रधानमन्त्री भएपछि पहिलोपटक शनिबार बिहान खुमलटार पुगेका थिए।

यसअघि बसेको स्थायी कमिटी बैठकमा ओलीले गौतमलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए। प्रचण्डलाई फकाउन गौतम सजिलो हुने भएकाले ओलीले खुमलटार लिएर गएका हुन्।


  •  
  •  
  •