प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता

83
  •  
  •  
  •  

काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर जनरल वेइ फेङहेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। आइतबार अपरान्ह वेईले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटवार्ता गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

 रक्षामन्त्री वेई आइतबार बिहान पौने ११ बजेतिर चार्टर्ड जहाजमा त्रिभुवन विमानस्थलमा ओर्लिएका थिए। २१ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल आएका फेङहेलाई स्वागत गर्न विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपालका लागि चीनका राजदूत हउ यान्छी, परराष्ट्र मन्त्रालयका सहसचिव कालिप्रसाद पोखरेललगायत उपस्थित थिए। रक्षामन्त्री फेङहेले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ। उनी आजै स्वदेश फर्कनेछन्।

 

 


  •  
  •  
  •