‘सभाध्यक्ष साक्षी राखेर भएको सहमति प्रचण्डले भाँडे’

107
  •  
  •  
  •  

काठमाडौ, ५ माघ(ओएनएस) : नेकपा एमालेका अध्यक्ष सोमबार बिहान दुई चरणमा भएका दुई सहमति एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण भाँडिएको दाबी गरेका छन् । ८ बजे शीर्ष तहमा र ९ बजे दोस्रो तहका नेतासहित भएको सहमति १० बजे पुग्दा नपुग्दै भाडिएको उनको भनाई छ ।

UML (1)
‘हामीले बिहान दुईपटक सहमति गरेका थियौं । ’ ओलीले भने ‘तर आफ्नो पार्टीमा थप छलफल गरेर अन्तिम समय गर्ने बेलासम्म आइपुग्दा प्रचण्डले कुरा फेरे ।’ भईसकेका सहमति भाँडिएकाले अब सहमति हुन्छ हुन्न भन्नेमा एकिन नभएको ओलीको भनाई छ । उनले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ सहमतिको साक्षी रहेको पनि दावी गरे ।

UML

उनले माघ ८ मा अब संविधान सम्भव नभएको र छिट्टै नयाँ मिति ताकेर संविधान जारी हुने पनि बताए । एमाले बृहत कार्यकर्ता भेलाको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले निरन्तर प्रयास गर्दापनि एमाओवादीका कारण समयमा संविधान ल्याउन नसकिएको दाबी गरे ।

सरकार यही रहन्छ अध्यक्ष ओलीले माघ ८ पछि नयाँ सरकारबारे छलफल नै नहरने बताए । संविधान नबन्दा माघ ८ पछि नयाँ सरकारको छलफल हुने प्रचार गलत भएको ओलीको भनाई छ । संविधान नबनेसम्म यही सरकार निरन्तर रहने ओलीले बताए ।

UML (2)


  •  
  •  
  •