प्रधानमन्त्री ओली बुधबार किमाथाङ्का जाने

87
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार किमाथाङ्का जाने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार चीनसँगको सिमावर्ती क्षेत्र संखुवासभाको किमाथाङ्का नाका जान लागेका हुन् । विकास आयोजनाको निरीक्षणका लागि उनी त्यसतर्फ जान लागेको बताइएको छ ।

फाइल तस्बिर

सो क्रममा प्रधानमन्त्री ओलीले किमाथांकामा स्थापना भएको बोर्डर आउट पोस्ट (बीओपी)को निरीक्षण गर्ने भएका छन्। त्यसैगरी प्रधानमन्त्री ओलीले भारतीय लगानीमा निर्माण भइरहेको अरुण तेस्रो जलविद्युत आयोजना र कोसी राजमार्ग अन्तर्गत खाँदबारी–किमाथांका सडक निर्माणमा भइरहेको प्रगतिको अनुगमन तथा निरीक्षण गर्नेछन् ।


  •  
  •  
  •