मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो: प्रधानमन्त्री

72
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफुले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु रहेको बताएका छन् । बुधबार मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै उनले अहिले आफूले राजीनामा नदिने बताएका हुन् ।

उनले भने, ‘सञ्चारमाध्यममा हल्ला फैलिइसक्छ राजीनामा दिन पस्यो भनेर । मैले राजीनामा दिन मिल्छ ? मेरो लागि होइन, मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसैले म राजीनामा दिन्न ।’
उनले बाहिर के तयारी भइरहेको छ भन्ने बारेमा आफूलाई कुनै जानकारी नभएको बताए । उनले भने, ‘धेरैपल्ट भित्रबाहिर प्रयास भए । जे मा पनि आलोचना गर्ने । अस्थिरताको खेती गरिरहने प्रयास केहीमा आदत छ । त्यस्तालाई म के गर्छु र । देशमा स्थिरताका लागि काम गर्छौं ।’

पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शिर्षनेताहरुबीच असमझदारी बढिरहेको छ ।

 


  •  
  •  
  •