सामाजिक सेवा हाम्रो संस्कृति, परस्परा हो : प्रधानमन्त्री

89
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सेवा हाम्रो संस्कृति, परस्परा, ऐतिहासिक गौरव रहेको बताएका छन् । ४१ औँ सामाजिक सेवा दिवस मूल समारोह समितले मंगलबार आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले सामाजिक सेवा मानविय भावना, स्नेह सद्भाव र सहयोगी भावनाको अभिन्न अंगको रुपमा रहेको बताए ।

उनले भने, ‘हाम्रो समाजमा परापूर्णकालदेखि कति राम्रा, नराम्रा प्रचलन चलेको छ । यसको बाबजुँद सामाजिक सेवा मानवविय भावना, स्नेह सद्भा र सहयोगी भावनाको अभिन्न अंगको रुपमा रहेको छ ।’

प्रधानमन्त्री ओलीले हुनले नहुँनेलाई, सक्नेले नसक्नेलाई, सक्षमले असक्षमलाई साथ र सहयोग गर्ने प्रचलन परस्परादेखि कै सामाजिक अभ्यासका रुपमा विकास भएको बताए ।
उनले अपेक्षितलाई जसलाई आवश्यक छ । उसलाई सहयोग पुर्याउनु, नसक्नेलाई सक्नेले सहयोग गर्नु नै समाजसेवा भएको बताए ।

यस्तै प्रधानमन्त्री ओलीले परोपकारी संस्थाले समाजमा निःस्वार्थ रुपमा सेवा गर्नुपर्नेपनि बताए । समाजमा गरीबी हटाउने, मौलिक हक व्यवस्थापन गर्ने काम सरकारको भएको तथा कहिलेकाहीँ सरकारको ध्यान नपुगेको र सामथ्र्यले धान्न नसकेका अवस्थामा सामाजिक संस्थाले गरेका काम महत्वपूर्ण भएको पनि उनले बताए ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकारी तथा गैरसरकारी संस्थाले गलत काम गरे भन्ने गुनासो बढेकाले पञ्चायतकालीन ऐनलाई विघटन गर्दै एकीकृत ऐन ल्याउने तयारी भएको बताए ।

परिषद्का सदस्य डा.मणिराम बञ्जाडेले कोरोना भाइरसको सङ्क्रमणको रोकथामका लागि गैरसरकारी संस्थाले रु.दुई अर्ब सहयोग गरेको बताए । यस वर्ष ‘आजको प्राथमिकताः समृद्धि र सुखका लागि सामाजिक रुपान्तरण र उद्यमशीलता’ भन्ने नाराका साथ समाजसेवा दिवस मनाइएको छ ।

समाज कल्याण परिषदले यस वर्ष दिवस मनाउन १०१ सदस्य ४१ औं सामाजिक सेवा दिवस मुल समारोह समिति गठन गरेको थियो ।


  •  
  •  
  •