सार्वजनिक गाडी चलाउन सरकारले आफ्नो सामर्थ्यले सकेसम्म सहयोग गर्नेछ : प्रधानमन्त्री

239
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीका कारण प्रभावित भएका सबै क्षेत्रका समस्या राज्यले हेर्नुपर्ने भएकाले आफ्नो सामर्थ्यले सकेसम्म सहयोग गर्ने बताएका छन् ।

कोभिड– १९ को महामारीपछि सार्वजनिक यातायात सञ्चालनमा देखिएका समस्याबारे ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री निवास पुगेका यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधिसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीपछि दैनिक जीवन, अर्थतन्त्र, सेवा र रोजगारी सम्बन्धी सबै क्षेत्र प्रभावित भएको बताए ।

उनले सार्वजनिक गाडी चलाउन यस क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने आश्वासन पनि दिए । संसारभर कोरोना महामारीको संकट आएपछि सरकारको आर्थिक हैसियतमा पनि ह्रास आएको प्रधानमन्त्रीको भनाई थियो ।

नेपाल यातायात व्यवासायी राष्ट्रिय महासंघ र यातायात मजदुर संगठनका प्रतिनिधिहरुले प्रधानमन्त्री ओलीसँग भेट गरी आफ्ना समस्या राखेका थिए । प्रधानमन्त्री ओलीलाई भेट्नुअघि यातायात व्यवसायी र मजदुरले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेका थिए ।


  •  
  •  
  •