काठमाडौ, २ माघ (ओएनएस) : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माघ ८ गते संविधान जारी हुन नदिन एमाओवादी, मधेशवादी, बैद्य माओवादी र पद्यमरत्नतुलाधरको मोर्चाका ११० जना नेता बाधक भएको दावी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले समयमै संविधान ल्याउन बुझाएको ज्ञापनपत्र बुझ्दै ओलीले सहमतिको कुरा गर्नेहरु नै संविधानको बाधक भएको भन्दै अहिलेको परिस्थितमा सय वर्षसम्म पनि संविधान नआउने बताए ।
एमाओवादी माघ ८ गतेसम्म सहमतिको कुरा गर्नुपर्छ भन्दै प्रक्रिया सुरु हुन नदिएर माघ ८ लाई पछि धकेल्ने रणनीतिमा रहेको बताए । एमाओवादी नेताकै नेतृत्वमा रहेको राजनीतिक संबाद समितिले सहमतिको नाममा समय घुर्काएको आरोप लगाए । ओलीले भने–‘यस्तो तालले सहमतिको कुरा गरिरहने हो भने १०० वर्षसम्मपनि संविधान जारी हुँदैन ।’
ओलीले विधि प्रक्रियाबाट गरौँ भन्दा रगतको खोला बगाउँछौ भन्नेहरु कुनै पनि हालतमा संविधान आउनन दिने पक्षमा रहेको दाबी गरे । ओलीले अन्तरिम संविधानमा रहेका हानिकारक विषयहरुलाई हटाएर नेपालको संविधान बनाउन सकिने पनि बताए ।
उनले भने–‘हानिकारक विषय संविधानमा रहन सक्दैन, यदिअन्तरिम संविधानलाई नै नेपालको संविधान बनाउँदा एमालेलाई आपत्ति छैन । ’ साथै संघिताको विषयमाओलीले भने–विवादमा रहेका सुनसरी, मोरङ्ग, झापा, कैलाली र कञ्चनपुरलाई थाति राखेर, अन्य सहमति हुन नसकेका विषयलाई पनि थाति राखेर संविधान जारी गर्न हामीतयार छौ । ओलीले विवादित पाँच जिल्लालाई कुनैपनि हालतमा मधेश र पहाडवीच सम्बन्ध विच्छेद नहुन ेगरी यथावत राखेर पनि एमाले संविधानजारी गर्नका लागि तयार रहेको बताए ।
ओलीले प्रक्रियाबाट संविधानजारी गर्ने भन्दै तीनओटा विकल्प अघि सारे । पहिलो संबाद र सहमति गर्ने, दोस्रो कुनै पनि एक दलको एक तीहाई भन्दा बढि नभएकोले दुई तीहाई बहुमत पुर्याउने, र तेस्रो दुई तिहाईलाई अत्याधिकबनाएर संविधानजारी गर्ने योजना सुनाए ।
पेरिसडाँडा संविधानबन्ननदिने केन्द्र बनेको छ
ओलीले पछिल्लो समय पेरिसडाँडा संविधान जारी गर्न नदिने उद्देश्यको केन्द्र बनेको समेत आरोप लगाए । पेरिसडाँडामा बसेर कसले के भन्छ भन्दै उनले त्यसबारेमा आफूले उत्तर दिन आवाश्यक नठानेको समेत जिकिर गरे ।
उनले विपक्षी मोर्चाहरुले सहमति हुन नदिईरहेको पनि आरोप लगाए । उनले भने–‘उनीहरुले पहिला एउटा तारा माग्द ैथिए तर अहिले त अर्को तार पनि माँगेर हामी त लचिलो भयौँ भन्दैैछन् । यो कुनै लचिलोपन होईन, संविधान निर्माणलाई अड्काउने काम हो, यो संविधान बन्न नदिने चालबाजी हो । तारा झारेर दिन सकिदैन ।’
मधेशेको ठेकेदार को हो ?
जमिनदारीको झझल्को आउनेहरुले मधेश र पहाडलाई अलग पार्ने सपना देखेको भन्दै उनले एमाले नेताहरुले मधेसको प्रतिनिधित्व गरिरहेको भन्दै मधेसवादी नेताहरु पुरानै जमिनदारी प्रथालाई निरन्तरता दिने जोडमा रहेको आरोप लगाए ।
उनले भने–‘मधेशबाट एमालेलाई ३७ सीट दिएर जनताले पाठएका छन्, त्यसैले एमालेले जति मधेश र मधेशी जनताको लागि कसैले पनि काम गरेकै छैनन् । ’
उनले मधेशी नेताहरु मधेश र पहाडलाई अलग पारेर त्यहाँको जनतालाई अझैपनि शोषण गर्न चाहेको आरोप लगाउँदै आफ्नो पार्टीले कुनैपनिहालतमात्यसो हुननदिने जिकिर गरे ।
‘एमाले कुनैपनि हालतमा पहाड र मधेशको सम्बन्ध टुटाउने र भौगोलिक अखण्डतालाई कमजोर पार्ने काममा सम्झौता गर्दैन् । ’ ओलीले थपे ।