संसदमा ओलीको भावुक सम्बोधन

159
  •  
  •  
  •  

काठमाडौं, १७ असार (ओएनएस) । एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले लामो समयपछि मंगलबार व्यवस्थापिका संसदको बैठकलाइ संवोधन गरेका छन् । स्वास्थ्य उपचारका शिलशिलामा लामो समय विदेशमा रहेका उनी संसद्मा उपस्थित थिएनन् ।

‘लामो समय देखी संसद र संविधानसभामा उपस्थित नहँुदा किन अनुपस्थित भयो भन्ने जिज्ञासा हुनसक्छ’, ओलीले भने, ‘लापरवाहीका कारण होइन, विमारी परेका कारण बाहिर गएको थिए ।’ यसबीचमा आफूले स्वदेशका विभिन्न तथा भारतको दिल्लीको म्याक्स, थाइल्णडको अस्पतालमा उपचार गराएको उनले बताए । नेता ओलीले प्रधानमन्त्री सुशील कोइरालाको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । ‘प्रधानमन्त्री कोइराला सकेसम्म छिटो स्वस्थ भएर आउन, पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु ।’ नीति तथा कार्यक्रममाथिको छलफलमा भागलिँदै उनले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्ड पूरा गर्ने बहसको रुपमा लिन नहुने बताए ।


  •  
  •  
  •