प्रधानमन्त्री ओलीले भेट सत्याग्रही युवालाई

71
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले सत्याग्रही युवासँग भेट गरेका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार साँझ अस्पतालमा भेटेर उनीहरुलाई अनसन तोडेर वार्तामा आउनसमेत आग्रह गरेका थिए ।
अहिले उनीहरुले अनसन भने तोडेका छैनन् । वार्ता टोली गठन गर्ने तयारी भइरहेको बताइएको छ ।

सत्याग्रही ‘ई’ र पुकार बमको स्वास्थ्य अवस्था गम्भीर भएपछि बिहीबार मण्डिखाटारस्थित ह्याम्स अस्पताल लगिएको थियो ।

कोरोनाको पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टिन व्यवस्थित हुनुपर्ने, कोरोना भाइरस रोकथामका क्रममा सरकारले गरेको खर्च पारदर्शी हुनुपर्ने लगायतका माग राख्दै शुक्रबारदेखि उनी अनसनमा बसेका थिए ।


  •  
  •  
  •