राष्ट्रपतिसँग परामर्शका लागि प्रधानमन्त्री ओली शीतल निवासमा

195
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिसँगको परामर्शका लागि शीतल निवास पुगेका छन् ।

आजै मध्याह्न १२ बजे मन्त्रिपरिषदको बैठक बोलाएका प्रधानमन्त्री ओली मन्त्रिपरिषद बैठकअघि राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् । प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेर फर्किएपछि मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

फाइल तस्बिर

नेकपामा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने माग गरेका छन् । उनीहरुले बुधबार बेलुका झम्सिखेलमा छुट्टै भेला गरेर शक्ति प्रदर्शन पनि गरेका थिए ।

बिहीबार बिहान ओली पक्षीय नेताहरु मध्यमार्गी विकल्प लिएर छलफलका लागि खुमलटार पुगेका थिए।


  •  
  •  
  •