मधेशी मोर्चासँग कुनै पनि हालतमा माफि नमाग्ने ओलीको अडान

380
  •  
  •  
  •  

KP oliकाठमाडौं, २४ पुस (ओएनएस) : एमाले अध्यक्ष केपी ओलीले मधेशी मोर्चासँग कुनै पनि हालतमा माफि नमाग्ने बताएका छन् । बुधबार ओलीले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई अपशब्द बोलेको आरोप लगाउँदै मधेशी मोर्चाले ओलीले माफि माग्नु पर्ने अडान लिएको थियो ।

ओलीले माफि नमागेसम्म चार दलको बैठक नबस्ने भन्दै मोर्चाले बिहिबारको बैठक बहिस्कार गरेको छ । मोर्चाले बैठक बहिस्कार गरेपछि ओलीले मधेशी मोर्चासँग कुनै पनि हालतमा नझुक्ने बताएका हुन् ।

सअघि बुधबार प्रधानमन्त्रि निवास बालुवाटारमा भएको चार दलको बैठकमा ओलीले मधेशीबिरुद्ध अपशब्द बोलेको सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले आरोप लगाएका थिए ।

महतोले चार दलको बैठकको प्रारम्भमा मधेसी मोर्चाका तर्फबाट प्रधानमन्त्रीको अनुमतिमा सङ्घीयताका सवालमा सम्पूर्ण तराईसँगै पूर्वी तरार्ईका झापा, मोरङ, सुनसरी तथा पश्चिम तराईका कैलाली र कञ्चनपुर मधेसको भूभाग हो, मधेस हो त्यसैले त्यो मधेस प्रदेश र थरूहट प्रदेश मै रहनुपर्छ भन्दा ओलीले अपशब्द बोलेको आरोप लगाएको थिए ।

महतोले आफ्ना कुरा राख्दा एमाले अध्यक्ष ओलीले वार्ताको माहोल असहज हुने आपत्तिजनक शब्द प्रयोग गर्नुका साथै वेतुकको कुरा भन्दै सम्पूर्ण तराईलाई मधेसमा राख्नुपर्छ भन्ने सन्दर्भमा ‘विहार र युपी समेतलाई मधेस प्रदेशमा राख्ने हो कि’ भन्ने कुरा राखेको भन्दै आपत्ति जनाएका थिए ।

संविधान जारी गर्न तोकिएको मिति माघ ८ आउनै लाग्दा दलहरुबीच विवाद बढ्दे गएको छ । सत्तारूढ काँग्रेस एमाले र एमाओवादी सहितको नेतृत्वमा मधेसी मोर्चाबीच विवाद बढ्दा संविधान आउने संभावना कमजोर बन्दै गएको छ ।

राज्य पुनःसंरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीका विषयमा दलहरुबीच कुरा मिल्न सकेको छैन । यी विषयमा दलहरुबीच पटक–पटक वार्ता भएपनि निकास निस्कन सकेको छैन ।


  •  
  •  
  •