राष्ट्र निर्माणमा समर्पित हुन प्रधानमन्त्रीको आग्रह

35
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणमा राष्ट्रप्रति समर्पित र अनुसाशित युवाको आवश्यकता रहेको बताएका छन् ।

राष्ट्रिय सेवा दलको दीक्षान्त समारोहमा दीक्षीत विद्यार्थीहरुलाई शुक्रबार ललिपुरमा दज्र्यानी चिन्ह प्रदान गदैं उनले समाज र राष्ट्र निर्माणमा युवाहरुलाई ध्यान केन्द्रित गर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले देशमा स्थिर सरकार निर्माण भएको र यस सरकारले युवाहरुको चौतर्फि व्यक्तित्व विकासमा हरसम्भव सहयोग गर्न कटिबद्ध रहेको बताए ।

प्रधानमन्त्री ओलीले युवाहरु युवालाई असल, सक्षम, दक्ष र सक्रिय व्यक्तित्व निर्माण गर्दै राष्ट्र सेवामा जुटन सुझाव समेत दिए । राष्ट्रिय सेवा दलका संरक्षक समेत रहेका प्रधानमन्त्रीले दलको सुद्दृढीकरण र जनस्तरसम्म पु¥याउन सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

राष्ट्रिय सेवा दलले आयोजना गरेको एक सय दिनको तलिममा विभिन्न विद्यालयका सात हजार सात सय विद्यार्थीहरु सहभागी रहेका थिए ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here